मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ नागरिकता ऐनः कपिलवस्तुमा ५३ दिनमा १२ सय ७१ जनाले लिए नागरिकता

नयाँ नागरिकता ऐनः कपिलवस्तुमा ५३ दिनमा १२ सय ७१ जनाले लिए नागरिकता

अपि टाइम्स

काठमाडौँ । नयाँ नागरिकता ऐन जारी भएपछि कपिलवस्तुमा नागरिकता लिनको संख्या बढ्न थालेको छ । नेपाल नागरिकता पहिलो शंशोधन २०८० १७ ले गरेको नयाँ व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका गरेका नागरिकका सन्तानले नागरिकता पाउने उल्लेख गरेको छ ।

सोको आधारमा अहिले कपिलवस्तु जिल्लामा पनि नागरिकता लिनेको संख्या बढेको हो । ऐन जारी भएको मितिदेखि साउन ७ गतेसम्म तथ्याङ्क (५३ दिन ) अनुसार कपिलवस्तुमा यसरी नागरिकता लिनेको संख्या १२ सय ७१ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सबैभन्दा धेरै जिल्ला प्रशासन कार्यालय तौलिहवाबाटै नागरिकता लिएको देखिन्छ ।

अहिलेसम्म तौलिहवाबाट ७८३ जनाले जन्मको आधारमा नागरिकता लिएका छन् भने इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट ४६२ जनाले नागरिकता लिएको देखिन्छ । यस्तै इलाका प्रशासन कार्यालय वाणगंगाबाट ३४ जनाले जन्मको आधारमा नागरिकता लिएका छन् ।

गतबर्षभन्दा यो तथ्याङ्क बढी रहेको जिल्ला प्रशासन कार्यालय बताउँछ । नयाँ नागरिकता ऐन नबन्दा यसरी नागरिकता लिनबाट ५ लाख बढी नागरिक बंचित थिए । ती सबैले नागरिकता लिन थालेपछि कपिलवस्तुमा पनि संख्या बढ्न थालेको हो ।