मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी–पहिरोका कारण अवरूद्ध भए देशभरका यी ५ सडकखण्ड

बाढी–पहिरोका कारण अवरूद्ध भए देशभरका यी ५ सडकखण्ड

अपि टाइम्स

काठमाडौं । बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ(लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ । यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत सडक अवरुद्ध बनेको सडक विभागले जनाएको छ ।

तौलिहवा–गोरुसिङ्‍गे–सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुरमा समेत मंगलबार सडक अवरुद्ध भएको विभागले अपडेट गरेको विवरणमा उल्लेख छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा मंगलबार बिहानैदेखि पहिरोले आवागमन प्रभावित भएको छ । सो स्थानमा मेसिन तैनाथ गरी एकतर्फी सडक सुचारु गरिएको सडक विभाग भरतपुरले जानकारी दिएको छ । यहाँ पहिरो खस्ने क्रम अझै जारी रहेकाले जोखिम भने कायमै रहेको छ ।