मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाण्डेले पाए त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

पाण्डेले पाए त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

अपि टाइम्स

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी विदामा रहेका थिए । उनी २ महिना छुट्टीमा थिए ।

१० पुस, २०७९ मा विद्युतीय चुरोट ९भेप० मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।

पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।