मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

अपि टाइम्स

काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ उनले भने, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’