मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका कारण प्रतिनिधि सभा बैठक स्थगित

एमालेका कारण प्रतिनिधि सभा बैठक स्थगित

अपि टाइम्स

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको थियो।

एमाले सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका थिए। प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

सभामुख देवराज घिमिरेले साउन १५ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। साउन १५ गते सोमबार दिउँसो १ बजे अब प्रतिनिधि सभा बैठक बस्नेछ।

आजै प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै पनि एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए। त्यसपछि प्रमुख सचेतक गिरीले बैठकमा बोल्दै सुन प्रकरणबारे छानबिन गर्न माग गरेका थिए।

त्यसपछि अन्य दलका सांसदहरूले पनि आकस्मिक समयमा धारणा राखेका थिए।

सभामुख घिमिरेले आकस्मिक समय सकेर शुन्य समय सुरू गर्न लागेपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए।