मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलबाट हराएकी रेश्मा २ दिनपछि भेटिइन्, ट्याटुवालले घरमा सुरक्षित राखेका थिए

बुटवलबाट हराएकी रेश्मा २ दिनपछि भेटिइन्, ट्याटुवालले घरमा सुरक्षित राखेका थिए

अपि टाइम्स

काठमाडौँ । आइसक्रिम किन्न गएपछि एक्कासी सम्पर्कविहिन भएकी बुटवलकी रेश्मा अर्याल २ दिनपछि भेटिएकी छन् ।

आतबारदेखि हराएकी १५ बर्षिया रेश्मा आज मध्यान्ह १२ बजे सुरक्षित रुपमै भेटिएको आमा शारदा अर्यालले अपि टाइम्सलाई जानकारी दिएकी हुन् ।

रेश्मालाई बुटवलको संजु ट्याटुका संचालक संजु शारुले सुरक्षित रुपमा राखेका थिए । छोरी भेटिएपछि आमाले खुसी हुँदै भनिन् उहाँ र उहाँकी श्रीमतीले घरकी आफ्नी नानीसंग खेलाउँदै खुसी बनाएर राख्नु भएको रहेछ । यसरी भेट्दा निकै खुसी लाग्यो । ।

संजुको हाटबजारस्थित संजु ट्याटु छ । संजुले निकै माया गरेर नानीलाई सुरक्षित तवरले राखिदिएर आफूहरुलाई सुम्पेको बताउँदै संजुजस्ता इमान्दार मान्छे पनि समाजमा रहेको आमा शारदा अर्याल बताइन् । रेश्मा अलमलिएकी, रुँदै रहेकीजस्तो लागेपछि सोधपुछ गरेर उनले घरमा लगेर सुरक्षित राखेका आमाले बताइन् । ‘ट्याटु खोप्ने वित्तिकै यिनीहरु खराब हुन्छन् भन्ने नेपाली समाजमा नकारात्मक भावना छ जुन सरासर गलत रहेछ’, शारदाले भनिन् ।

लुम्बिनी शिक्षालयमा ९ कक्षामा पढ्ने छोरी हराएपछि आफूहरु वेहोस् अवस्थामा पुगेको पनि आमा शारदाले सुनाइन् । पछिल्लो समय बलात्कार र अपहरणका डरलाग्दा घटना सुनेर विक्षिप्त बनेको बताउँदै उनले संजुजस्ता मानवताले भरिएका मान्छे पनि यही समाजमा रहेका रहेछन् भन्दै धन्यबाद पनि दिइन् ।

नानीलाई भेटाएपछि आफूहरुले गाली गलौज नगरी माया गरेको पनि उनले बताइन् । उनले भनिन् ‘मैले कहाँ गएकी भन्दै एक शब्द पनि गाली गरिनँ । उनी हराइन् । यसो र उसो भन्ने जमाना छैन । केहि भन्यो कि जे पनि गर्न सक्छन् । त्यसैले छोराछोरीलाई अनावश्यक गाली नगर्न सबैलाई सुझाव दिन्छु ।’

बर्खाको बेला रहेकाले नानी बाबुलाई एक्लै घरमा छोड्न र बाहिर नजान पनि उनको आग्रह छ । उनले आफूहरु सन्तानको पढाइलेखाइको लागि ट्राफिक चोकमा भाडामा बस्ने गरेको पनि बताइन् ।