मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँणको निलम्बनबारे मौन बस्यो कांग्रेस

खाँणको निलम्बनबारे मौन बस्यो कांग्रेस

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका प्रस्तावहरु पेश गरेका छन् । जसको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ ।

आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने समेत कांग्रेसले बताएको छ । तर भुटानी शरणार्थी प्रकरण र खाँणबारे केही बोलिएको छैन । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए भने केहीले उनलाई साथ दिनुपर्ने मत राखेका थिए ।

महामन्त्री शर्माले यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेको बताए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।