मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई २०७९ः पुर्नयोगपछि सैनामैनाका पोख्रेल बने रुपन्देही प्रथम

एसईई २०७९ः पुर्नयोगपछि सैनामैनाका पोख्रेल बने रुपन्देही प्रथम

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना मेमोरियलका अमित पोख्रेल एसईई २०७९ मा रुपन्देहीमै उत्कृष्ट बनेका छन् । विद्यालयका प्रिन्सिपल जेवि क्षेत्रीले अंकको पुर्नयोगपछि मेधावी छात्र पोख्रेलको ३ दशमलव ९५ जिपिए भएको र यो अंक रुपन्देहीमै सबैभन्दा धेरै (प्रथम) रहेको प्रिन्सिपल क्षेत्रीले दावी गरेका हुन् ।

गत असार २२ गते प्रकाशित नतिजाबाट तिब्र असन्तुष्ठ रहेका उनी र विद्यालयले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएका थिए। परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशन गरेको पुनर्योग तर्फको पहिलो लटको नतिजामा उनको अङ्ग्रेजी विषयमा पहिले रहेको ग्रेड वृद्धि [३ दशमलव ९५ ] कायम रहन पुगेको विद्यालयका प्राचार्य जेबि क्षेत्रीले बताए ।

यसपटक रुपन्देहीमा कुनै विद्यालयले पनि ४ जिपिए हासिल गर्न सकेका थिएनन् । यो नतिजा हासिल गर्ने पोख्रेललाई प्रिन्सिपल क्षेत्रीले बधाई दिँदै शिक्षकशिक्षिकालाई पनि धन्यबाद दिएका छन् ।