मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोलभेँडाले जगाएको आशा, एकै महिनामा ११ लाख किलो भारत निर्यात

गोलभेँडाले जगाएको आशा, एकै महिनामा ११ लाख किलो भारत निर्यात

अपि टाइम्स

काठमाडौँ । आर्थिक वर्ष २०७९र८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार उक्त परिमाणको गोलभेँडा असारमा मात्रै निर्यात भएको छ। गत साउनदेखि जेठसम्म भने यहाँबाट भारत निर्यात भएको छैन।

असारमा मात्रै भारतबाट पनि नेपालमा ५० लाख किलो गोलभेँडा आयात भएको विभागको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७८र७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो।

केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको छ। एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको एक सय २० देखि एक सय ५० भारूमा कारोबार भइरहेको थियो।

अहिले भने भारतको मुम्बईमा गोलभेँडा किलोकै दुई सय रूपैयाँमाथि पुगिसकेको त्यहाँको सञ्चार माध्यम द इकोनोमिक्स टाइम्सले दुईदिन अघि समाचार सम्प्रेषण गरेको छ।

भारतका केही सहरमा भने अहिले गोलभेँडाको मूल्य एक सय भारूभन्दा तल आइसकेको छ।

नार्गाजुन नगरपालिका–८ विशेष सदावहार कृषि फार्मका सञ्चालक सुजन श्रेष्ठले राजस्थानमा आएको आँधीले त्यहाँको गोलभेँडा खेतीमा क्षति पुगेपछि यहाँबाट निर्यात हुन थालेको बताए।

भारततर्फ गोलभेँडा जाने क्रम बढेको र यहाँ पनि उत्पादनमा कमी आउन थालेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।