मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा रहँदा प्रचण्डले एमालेको सबै रकम खाए पिएः ओली

नेकपा रहँदा प्रचण्डले एमालेको सबै रकम खाए पिएः ओली

अपि टाइम्स

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् ।

जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए ।

‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए ।

‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे’ ओलीले भने ।

प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो ।

पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।