मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पश्चिमबाट हराएका तीन जना बालक सल्यानमा फेला

रुकुम पश्चिमबाट हराएका तीन जना बालक सल्यानमा फेला

अपि टाइम्स

रुकुम । रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि।क।, १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका –६ लुहाममा सकुशल फेला परेका हुन् ।

उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो । रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म पुगेका थिए । फेला परेका तीनै जना बालकलाई अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।