मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीको इटाली र भारत भ्रमणबारे ब्रिफिङ

माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीको इटाली र भारत भ्रमणबारे ब्रिफिङ

अपि टाइम्स

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० को उपलब्ध पदाधिकारीहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइए पनि त्यसबारे ठोस निर्णय हुन सकेन ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष पम्फा भुसालले आ–आफ्नो विदेश भ्रमणका बारेमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री दाहाल इटालीमा आयोजित संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोम आयोजित ‘फुड सिस्टम समिट’ मा सहभागी भएका थिए । गत साउन ६ गते इटाली प्रस्थान गरेका उनी शुक्रबार नेपाल फर्किएका हुन् ।

त्यस्तै, भुसाल नेतृत्वको माओवादी नेताहरूको टोली भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा साता दिनअघि नयाँ दिल्ली गएर फर्किएको हो ।

‘आजको बैठकमा इटाली र भारत भ्रमणबारे ब्रिफिङ भयो । दुवै भ्रमण सफल भएको अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भुसालले जानकारी गराउनुभयो,’ सचिव दीनानाथ शर्माले रातोपाटीसँग भने ।

केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नेबारे भोलि ३ बजे बजे अन्तिम रूप दिने पनि उनले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनभन्दा पनि विधान सम्मेलन गर्नेबारेमा छलफल भएको उनले सुनाए ।