मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले बैठकमा ओलीमाथि प्रश्न गर्ने साहस गर्ने व्यक्ति रहेनछन्ः विश्वप्रकाश

एमाले बैठकमा ओलीमाथि प्रश्न गर्ने साहस गर्ने व्यक्ति रहेनछन्ः विश्वप्रकाश

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार कांग्रेसको काठमाडौं ‘प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने र प्रतिस्पर्धा गर्नेसम्मको अवस्था रहेको बताए ।

हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेको प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक नै भएको शर्माले बताए । ‘कांग्रेसको लाइभ भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला ?’ उनले प्रश्न गरे ।

कांग्रेसका सभापति देउवासँग महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा नै गरेको भन्दै शर्माले एमालेका युवा नेताहरुले किन प्रतिस्पर्धा गर्न नसकेको भनी प्रश्न गरे ।

तपाईहरुले चाहिँ किन नगर्नुभएको, केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने’, उनले भने ।