मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति परिसरमा निशुल्क स्वास्थ्य शिविर, एक हजार बढी लाभान्वित

पशुपति परिसरमा निशुल्क स्वास्थ्य शिविर, एक हजार बढी लाभान्वित

अपि टाइम्स

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युथ फर नेशन नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा डा. निकोलस भुषाल लगायतका चिकित्सकलेले स्वास्थय जाँच गरेका थिए ।

श्रावण महिनामा पशुपतिमा धेरै भक्तजनको भीँड लाग्ने भएको हुँदा उनीहरुको स्वास्थ्यलाई मधयनजर गरी स्वास्थ्य शिविर राखिएको डाक्टर भुसालले बताए । शिविरबाट एक हजार बढी ब्यक्ति लाभान्वित भएको उनको भनाई छ ।

त्यसमध्ये ६४३ जनाको शररि, २३१ जनाको दन्त र २०४ जनाको सुगर परिक्षण गरिएको संस्थाले जनाएको छ । थियो । स्वास्थय जाँच गर्दै आवश्यक सुझाव, स्वास्थ्य टिप्स, र औषधी पनि दिइएको थियो । संस्थाले बिभिन्न समयमा सामाजिक र मानवीय सेवा गर्दै आइरहेको छ । शिविरलाई नेपाल फिटनेश प्राली (एचवान) ले पनि सहयोग गरेको थियो ।