मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज समाजवादी विद्यार्थी मोर्चाको घोषणा, प्रचण्ड लगायतका नेताले सम्बेधन गर्ने

आज समाजवादी विद्यार्थी मोर्चाको घोषणा, प्रचण्ड लगायतका नेताले सम्बेधन गर्ने

अपि टाइम्स

काठमाडौँ । समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थीहरुले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन् । सो मञ्चको आइतबार घोषणा हुने कार्यक्रम रहेको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ ।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । नेतृत्व कसले गर्छ भन्ने अझै टुङ्गो छैन ।