मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचार्य बने रेडियो मायादेवीको सहायक म्यानेजर

आचार्य बने रेडियो मायादेवीको सहायक म्यानेजर

अपि टाइम्स

काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको सहायक स्टेसन म्यानेजरमा हरि आचार्य नियुक्त भएका छन् । लुम्बिनी प्रदेशमै चर्चित ब्राण्डको रुपमा रहेको रेडियोलाई थप गुणस्तरीय बनाउन नयाँ आर्थिक बर्षसंगै नयाँ ब्यवस्थापन भइरहेको छ ।

त्यहि सन्दर्भमा समाचार र अन्र्तवार्तामुलक सामाग्रीलाई प्रभावकारी ढंगबाट श्रोतासामु पुर्याउने लगायतका काम गर्नको लागि आचार्यलाई सहायक म्यानेजरको जिम्मेवारि दिइएको स्टेसन म्यानेजर हरि घिमिरेले बताए ।

पछिल्लो केहि समय रेडियोको गुणस्तरीयतामा कमि आएको श्रोतावर्गको गुनासोको आधारमा नयाँ व्यवस्थापनमा जानु परेको प्रबन्ध निर्देशक चन्द्रकान्त न्यौपानेको भनाई छ । यसअघि एक स्थानीय रेडियोमा नेतृत्वदायी भूमिकामा रहेका आचार्यको कामले रेडियो थप गुणस्तरीय बन्ने आफ्नो विश्वास रहेको न्यौपानेले बताए ।

यता आचार्यले पनि मायादेवीसंग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताउँदै रेडियोलाई कपिलवस्तुमा उत्कृष्ट बनाउने सवालमा कुनै कसर बाँकी नराख्ने बताए ।

आचार्य कपिलवस्तुमा सक्रिय पत्रकारिता गर्नेमध्येका क्षमतावान् पत्रकार हुन् । उनले वाणगंगा नगरको पत्रकारिता पुरस्कार’ समेत पाइसकेका छन् भने बिभिन्न संचारमाध्यमको अनुभव पनि छ । आचार्य प्रेस चौतारी वाणगंगाको नगर संयोजक पनि हुन् ।

रेडियो संचालक संस्था नवछहारी सामाजिक संस्थाका अध्यक्ष नन्द किशोर शुक्लले रेडियोले फेरि एकपटक गति लिने बताउँदै आचार्यलाई बधाइ र शुभकामना दिए ।