मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड–देउवाले लिङ्देनलाई गरे सत्ता सहकार्यको प्रस्ताव, मान्लान् ?

प्रचण्ड–देउवाले लिङ्देनलाई गरे सत्ता सहकार्यको प्रस्ताव, मान्लान् ?

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । ‘कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं’ लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो ।

उच्च स्रोतका अनुसार, संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । ‘कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं, अरु प्रदेशमा पनि आउनुहोस्’, प्रचण्डको प्रस्ताव थियो ।

तर अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ दिएनन् । ‘सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौं । भर्खर त बाहिरिएको हो’, लिङ्देनको जवाफ थियो ।