मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगर भन्छ पार्टी कार्यालय भत्कन्छ, राप्रपाले भन्यो कुनै कारण छैन

महानगर भन्छ पार्टी कार्यालय भत्कन्छ, राप्रपाले भन्यो कुनै कारण छैन

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ ।

१३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो । ‘भोलि सोमबारसम्मको समय दिएका छौं, हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न मिल्दैन, कार्यालय नहटे हामी आफैं डोजर चलाउँछौं’ नगर प्रहरी प्रमुख राजु पाण्डेले अनलाइनखबरसँग भने ।

राप्रपाको कार्यालय भत्काउने निर्णय भइसकेको भन्दै उनले थपे, ‘हटेन भने हामी डोजर नै चलाउँछौं ।’

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन ९हाइटेन्सन लाइन० छ । हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।

राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले भने आफ्नो पार्टी कार्यालय भत्काइहाल्नुपर्ने कारण नरहेको बताए । ‘हामी हाइटेन्सनमुनिको भवनमा बसिरहेका छौं, यसको नक्सा पास छैन तर अहिले नै हटिहाल्नुपर्ने भन्ने केही छैन’ उनले भने ।