मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘महागफाडी’को घोषणा

‘महागफाडी’को घोषणा

अपि टाइम्स

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित समारोहमा शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने र प्रसारण असोज तेस्रो सातादेखि हुने जनाइएको छ ।

उक्त शोलाई नरेशनाथ योगीले निर्देशन गर्दैछन् । उनी फिल्म लेखक, नृत्य निर्देशक र फाइट डिरेक्टर समेत हुन् । शोको घोषणा गर्दै उनले भने, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महागफाडी उपयोगी र नविन प्लेटफर्म हो ।’

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभरका नेपालीभाषी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । शोमा मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजक कम्पनीले दिएको छ ।

तर, प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माताका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।

शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिने भएको छ । फिजिकल अडिसनमा १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा आयोजना गरिनेछ भने पहिलो विश्व यात्राको सुरुआत क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मस्ले दिएको छ ।

दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् ।

निर्णायक मण्डलमा हाँस्यब्यंग्यकार शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् ।

विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।