मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानमा बम विस्फोट, ३५ को मृत्यु, २०० घाइते

पाकिस्तानमा बम विस्फोट, ३५ को मृत्यु, २०० घाइते

अपि टाइम्स

काठमाडौँ . पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम-फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।

कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । ‘गम्भीर घाइतेहरूलाई हामी हेलीकोप्टरबाट पेशावर र अन्य अस्पतालमा लैजाँदैछौं,’ जमालले बताए ।

तत्काल हाम्रो प्राथमिकता भनेको घाइतेहरूलाई उपचार गराउनु हो । घटनास्थललाई अहिले सिल गरिएको छ । पाकिस्तान सेना र अन्य सुरक्षाकर्मीहरूले अहिले उद्धारमा सघाइरहेका छन्,’ जमालले भनेका छन् ।

बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम-फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ । बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।