मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैज्ञानिकहरु भन्छन् ‘मानिसको औसत आयु ‘१२० वर्ष सम्म बढ्न सक्छ’

वैज्ञानिकहरु भन्छन् ‘मानिसको औसत आयु ‘१२० वर्ष सम्म बढ्न सक्छ’

अपि टाइम्स

एजेन्सी । कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन ९एसभीटी० ले आइतबार जनाएको छ ।

मालार्डालेन युनिभर्सिटी ९एमडीयू०का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, “हाम्रो प्राग्ज्ञान ९रोगको पुर्वानुमान० अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।”

फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत) का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए ।

उनले भने, “धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”

कुलकोभले प्रसङ्गलाई थपे, “यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।”