मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई तत्काल जरिबाना नगर्न उच्च अदालतको आदेश

चुनाव खर्च नबुझाउने उम्मेदवारलाई तत्काल जरिबाना नगर्न उच्च अदालतको आदेश

अपि टाइम्स

काठमाण्डौ । चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई तत्काल जरिबाना नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।आज सोमवार उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडीको एकल इजरासले चुनाव खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबाना गर्ने आयोगको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले दुवै पक्षसँग छलफल गर्न साउन २२ गते‍ सोमवार बोलाएको छ । आयोगले चुनाव खर्चको विवरण नबुझाएको भन्दै १५ हजार रुपैयाँ जरिबाना तोकेपछि राष्ट्रि स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू विराजभक्त श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्च विवरण नबुझाएको भन्दै आयोगले १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।