अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधनमा पालिकाले शोक बिदा दिएको छ ।
सन्धिखर्क नगरपालिका–१० गच्छेगैराकी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधवार निधन भएको हो । रानाभाटको निधनमा भोलि बिहीवार एक दिनका लागि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।
सन्धिखर्कभित्रका वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द गरी शोक मनाइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । भोलि बिहान १० बजे नगरपालिकाको कार्यालयमा शोकसभाको समेत आयोजना गरेको पालिकाले जनाएको छ ।
प्रतिक्रिया