मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रिय समिति वैठक, प्रचण्डको प्रस्तावमाथि १८ जनाले के धारणा राखे ?

माओवादी केन्द्रिय समिति वैठक, प्रचण्डको प्रस्तावमाथि १८ जनाले के धारणा राखे ?

अपि टाइम्स

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को आज बुधवारदेखि शुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सङ्क्षिप्त प्रतिवेदनमाथि १८ जना नेताले धारणा राखेका छन् । कमलादीको प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा १८ जना नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका काम कारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेका माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकको शुरुमा पार्टी अध्यक्ष प्रचण्डले सङ्गठनात्मक संरचनालाई चुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए ।

आजको बैठकमा अध्यक्षले राख्नुभएको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको शुरुमा सम्बोधन गर्दै अध्यक्षले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा राखेका थिए ।

अध्यक्ष प्रचण्डले पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका नेता कार्यकर्ता नागरिकमा जोडिनुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै उनले केन्द्रीय समिति बैठकबाट कम्युनिस्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताए ।

अध्यक्षको सम्बोधनपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो । उहाँले बैठकको ‘एजेन्डा’ प्रस्तुत गरेका थिए । महासचिवले पेस गरेको एजेन्डा पास भएसँगै बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो ।

केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उहाँले जानकारी दिए । माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको महासचिव गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्षले पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहेको तथ्याङ्क राखेका थिए ।
माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको छ । यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो ।
पार्टी अध्यक्षको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि गएको माघ २६ गते भर्चुअलरूपमा केन्द्रीय समितिको बैठक बसेको थियो । बैठक भोलि बिहीवार बिहान ११ बजे पुनः बस्नेछ ।