मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सरकारले यसरी पायो पायो पूर्णता

सुदूरपश्चिम प्रदेश सरकारले यसरी पायो पायो पूर्णता

अपि टाइम्स

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन्। यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन्।

बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई शपथ खुवाएका हुन् भने मुख्यमन्त्री कमलबहादुर शाहले राज्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराएका हुन्।