मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा जारको पानीमा किरा भेटियो, एक उद्योग सिल

काठमाण्डौमा जारको पानीमा किरा भेटियो, एक उद्योग सिल

अपि टाइम्स

काठमाण्डौ । जारको पानीमा किरा भेटिएपछि काठमाण्डौको एक पानी उद्योग सिल भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेको एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।

अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीको उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा गएको थियो ।

त्यस क्रममा पनि फोहोर पानी भेटिएपछि पानी उत्पादन केन्द्रमा बिक्रीरबितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।