मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनी पहिलो पटक समूह चरणबाटै बाहिरियो, कोलम्बिया र मोरक्को अन्तिम १६ मा

जर्मनी पहिलो पटक समूह चरणबाटै बाहिरियो, कोलम्बिया र मोरक्को अन्तिम १६ मा

अपि टाइम्स

काठमाण्डौ । कोलम्बिया र मोरक्को फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेका छन् ।

आज बिहीवार अस्ट्रेलियाको एनआईबी स्टेडियममा भएको खेलमा मोरक्कोले कोलम्बियालाई १–० गोलले हरायो । मोरक्कोका लागि एनिसा लहमारीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । कोलम्बिया र मोरक्को समान ६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा रहँदै समूह ुएचु अन्तिम १६ मा पुगेका हुन् ।

यस्तै यही समूहको अर्को खेलमा दक्षिण कोरियासँग १–१ गोलको बराबरी खेल्दै जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनी पहिलो पटक विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी ४ अङ्कसहित तेस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका १ अङ्कसहित पुछारमा रह्यो ।

यो संस्करणको विश्वकपमा जर्मनीसहित, ब्राजिल, अर्जेन्टिना, पोर्चुगललगायतका बलिया टिम समूह चरणबाटै बाहिरिए । अब पर्सि शनिवारदेखि अन्तिम १६ का खेल शुरु हुनेछ ।