मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणिज्य क्याम्पसमा विप्लव ‘क्रान्तिकारी’ को रक्तदान

वाणिज्य क्याम्पसमा विप्लव ‘क्रान्तिकारी’ को रक्तदान

अपि टाइम्स

बुटवल । बिप्लव निकट अखिल (क्रान्तिकारी) र तिलोत्तमा रक्तदान समाजको संयुक्त आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मुलुकभर डेङ्गु रोगको संक्रमण बढिरहेको बेला रगतको अभाव नहोओस् भन्नको लागि गरिएको रक्तदानबाट करिव ५१ पोइन्ट रगत संकलन भएको थियो ।

अखिल (क्रान्तिकारी) जिल्ला सचिव प्रसुन ज्ञवालीकोअध्यक्षता र केन्द्रिय सचिवालय सदस्यी तथा ब्युरो इन्चार्ज बिज्ञान क्षेत्रीको प्रमुख आतिथ्यमा भएको रक्तदानमा क्याम्पस प्रमुख डाक्टर तारा प्रसाद उपाध्याय, संगठनका केन्द्रिय सदस्य गोपाल रोका, पदम पराजुली, पदम नेपाली, तिलोत्तमा रक्तदान समाजका अध्यक्ष गोबिन्द बन्जाडे लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिज्ञान ‘सी’ ले बदलिँदो वर्तमान परिवेशमा रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै धन्यबाद दिए । उनले देश यति बेला गम्भीर संकटमा रहेकाले युवा विद्यार्थी सचेत भई खबरदारी गर्नु पर्ने बताए । उनले अबको समर्ग देशको संकट समाजवादले मात्र हल गर्ने बताए ।