मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तहः क्यानसरसंग हारे आचार्यले, ६७ बर्षको उमेरमा निधन

अन्तहः क्यानसरसंग हारे आचार्यले, ६७ बर्षको उमेरमा निधन

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु ब्यापार संघका पूर्व अध्यक्ष शंकर प्रसाद आचार्यको निधन भएको छ । उनको काठमाण्डौँ बसुन्धरास्थित आफ्नै घरमा ६७ बर्षको उमेरमा विहिबार निधन भएको हो ।

क्यान्सर रोगसंग लामोसमयदेखि जुधिरहेका आचार्य विगत केहि समयदेखि काठमाण्डौँमै बसेर उपचार गराइरहेका थिए । परिवारको साथमा रहेर उपचार भइरहे पनि बचाउन नसकिएको पारिवारिक श्रोतले अपि टाइमसलाई बतायो ।

वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरा घर भएका आचार्य वरिष्ठ समाजसेवीको रुपमा चिनिन्थे । उनी बिभिन्न सामाजिक संस्थामा पनि आवद्ध थिए ।

आचार्यको निधनपछि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे र निवर्तमान अध्यक्ष उमानाथ पौडेलले दुख ब्यक्त गरेका छन् ।