मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुका पाण्डे नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित

कपिलवस्तुका पाण्डे नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुका विद्यार्थी नेता टिआर पाण्डे नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा पाण्डे पनि परेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।

पाण्डे नेविसंघको निर्वाचित क्षेत्रीय प्रतिनिधि थिए । पाण्डे जिल्लामा सफल व्यवसायीका रुपमा चिनिन्छन् । व्यवसायी भए पनि संगठनमा उनको सक्रियता थियो । उनीसंगै संदिप यादव, कृष्ण गिरी, माधव पौडेल, दिपेन्द्र रेग्मी, मञ्जु विश्वकर्मा कृष्ण आचार्य र शिखर प्रसाद आचार्य पनि मनोनयनमा परेका छन् ।

त्यहि सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने उनले अपि टाइम्सलाई बताए । मनोनयनपछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।