मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको खारखानीमा वसको ठक्करले १० गाईगोरु मरे

कपिलवस्तुको खारखानीमा वसको ठक्करले १० गाईगोरु मरे

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्र ‘खारखानी’ भन्ने ठाउँ ठाउँमा १० गाइगोरुको मृत्यु भएको छ । गोरुसिङ्गे र बनगाइ सडकखण्डको बिचमा रात्री वसको ठक्करबाट ती पशु चौपाएको मृत्यु भएको हो ।

गाईगोरुलाई ठक्कर दिने वसलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अहिले नियन्त्रणमा लिएको बताइएको छ । बसको ठक्करबाट अरु पशु चौपाय पनि घाइते भएका स्थानीय पत्रकार चेतन विष्टले फेसबुकमा राखेका छन् ।

गाईगोरु सडकमा हुलको अवस्थामा रहेका बखत एक्कासी वस आएर ठक्कर दिएपछि घटना भएको स्थानीयको भनाई छ । मरेका गाईगोरुलाई जेसिबीको सहायताले प्रहरी र स्थानीयले जंगलमा व्यवस्थापन गरेका छन् ।

घटनाबारे प्रहरीले चालकसंग सोधपुछ गरिरहेको बताइन्छ । बाणगंगामा छाडा पशुचौपायको संख्या धेरै भएपछि दुर्घटना बढिरहेको छ भने धेरै पशुचौपायको यसरी मृत्यु भइरहेको छ । चालकले जानाजान राष्ट्रिय जनावर गाईलाई मारेको ठहरिएमा कानुनअनुसार कारबाहीको व्यवस्था हुनेछ ।

यस्ता विषयमा स्थानीय सरकार र अरु निकाय मौन रहँदा समस्या दिनप्रतिदिन बल्झिरहेको सरोकारवाला बताउँछन् ।