मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन खुल्यो

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन खुल्यो

अपि टाइम्स

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउनदेखि मंगलबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर ९आईपीओ० मा आवेदन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर प्रिमियम सहित निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये सार्वजनिक निष्कासन हुने सेयरको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।