मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओरालो गतिमै शेयर बजार, २८ अंकले घट्यो नेप्से

ओरालो गतिमै शेयर बजार, २८ अंकले घट्यो नेप्से

अपि टाइम्स

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । साताको पहिलो दिनबाटै लगातार ओरालो झर्दै गएको नेप्से परिसूचक आज २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा कायम भएको छ । यसअघि आइतबार ३८ र सोमबार ३ अंकले बजार घटेको थियो ।

यस्तै, बजारमा ४८ लाख ६० हजार ७४१ कित्ताको खरिदबिक्री भइ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ ।

मंगलबार शेयर बजारमा गिरावट भएपनि स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । यसदिन विकास बैंकको सेयर ६९ अंकले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कारोबारका आधारमा आईएमई लाइफ इन्सयोरेन्स कम्पनी लिमिटेड १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकरण २९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।