मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोबाइल फोन ‘एमडीएमएस’ मा दर्ता गर्ने म्याद साउन मसान्तसम्म थप

मोबाइल फोन ‘एमडीएमएस’ मा दर्ता गर्ने म्याद साउन मसान्तसम्म थप

अपि टाइम्स

काठमाडौं । सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ ।

आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १ मा नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएसमा २०८० असार मसान्तसम्ममा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

विभिन्न कारणाले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले आईएमईआई नम्बरसमेत उल्लेख गरेर दर्ता गर्नुपर्ने म्याद साउन मसान्तसम्म कायम गर्नेगरी अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८० को दफा १९ को उपदफा १ बमोजिम बाधा अड्काउ फुकाउने निर्णय गरेको हो ।

उक्त निर्णय राजपत्रमा प्रकाशित गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव डा। रामप्रसाद घिमिरले जानकारी दिए ।