मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने

श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने

अपि टाइम्स

काठमाण्डौ । श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने भएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०२८ सम्मका लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषणविरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

श्रीलङ्का सरकारको सूचना विभागका अनुसार यो प्रस्ताव अर्थमन्त्री समेत रहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेले पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का निर्णयहरू सूचीबद्ध गर्ने विभागले वित्तीय खुफिया एकाइ, सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषण र अन्य गैरकानूनी गतिविधिहरू रोक्न यी प्रावधानहरू लागू हुने जनाएको छ।

वित्तीय खुफिया एकाइ सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी रोक्न अन्तर्राष्ट्रिय मापदण्ड तय गर्ने अन्तरसरकारी निकाय हो ।

तेस्रो पारस्परिक मूल्याङ्कन मार्च २०२५ मा शुरु हुने तय गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।