मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला विश्वकपः आजदेखि हुने क्वाटर फाइनलमा कोको भीँड्दैछन् ?

महिला विश्वकपः आजदेखि हुने क्वाटर फाइनलमा कोको भीँड्दैछन् ?

अपि टाइम्स

काठमाडौँ । फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।

स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्।

विश्वकपमा ४ पूर्व च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ। आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन्। एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो। ४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ। यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ।

पहिलो पटक ३२ राष्ट्र समावेश गरिएको यो विश्वकपमा एसियाबाट ६ टोलीको सहभागीता रहँदा जापान र घरेलु टोली अष्ट्रेलियामात्र क्वाटरफाइनल पुगे।

तस्बिरः बीबीसी