मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्विन्टल सुन प्रकरणः पक्राउ परे व्यापारी राकेश अडुकियाका छोरा

क्विन्टल सुन प्रकरणः पक्राउ परे व्यापारी राकेश अडुकियाका छोरा

अपि टाइम्स

काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन् । रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले पक्राउ गरेको हो । अध्यागमनले उनलाई
राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए । राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् ।