मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयलाई मतदान गराएर जनप्रतिनिधिको मूल्यांकन गर्दै सिके राउत

स्थानीयलाई मतदान गराएर जनप्रतिनिधिको मूल्यांकन गर्दै सिके राउत

अपि टाइम्स

जनकपुरधाम । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन् ।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ्ग गर्दैछ ।

सचिव साहका अनुसार जनमत पार्टीका निर्वाचित स्थानीय निकायको २२ स्थानमा बिहानदेखि मतदान सुरु भएको छ भने वर्षाका कारण केही स्थानीय निकायमा मतदान प्रक्रिया ढिलो हुने भएको छ ।

मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । एप्रुभल रेटिङ्गको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो ।

२०८० बैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाएका छन् ।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलो पटक हुन लागेको सचिव साहले दाबी गरे ।