मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिर्ता भए माओवादीबाट सामान्य प्रशासनमन्त्री बनेका मोदी

फिर्ता भए माओवादीबाट सामान्य प्रशासनमन्त्री बनेका मोदी

अपि टाइम्स

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने निर्णय गर्नुपरेको उपमहासचिव पुनको भनाइ छ ।

बैठकमा मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको निर्णय स्वीकार रहेको बताउनुभएको छ ।