मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ काठमाडौंको नयाँ अध्यक्ष बनेसंगै चुलियो विवाद

नेविसंघ काठमाडौंको नयाँ अध्यक्ष बनेसंगै चुलियो विवाद

अपि टाइम्स

काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंको अध्यक्ष पदलाई लिएर विवाद सुरु भएको छ । अशुंल केसीलाई काठमाडौं जिल्लाको अध्यक्ष मनोनित गरेपछि विवाद भएको हो ।

संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गत फागुनमा मनीष डंगोललाई काठमाडौं जिल्लाको अध्यक्ष तोकेका थिए । शेर्पाले साउन २५ मा नयाँ अध्यक्षका रुपमा केसीलाई मनोनित गरेका थिए । केसीलाई मनोनित गरेपछि डंगोल असन्तुष्ट देखिएका छन् ।

‘काठमाडौं जिल्लाका सन्दर्भमा हिजोका दिनमा भएको राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जस्तो गरेर म नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाको अध्यक्ष पदमा बाहाल रहँदा रहँदै केन्द्रीय सदस्य पदमा सल्लाह बेगर मनोनित गरेको भ्रमपूर्ण यथार्थलाई म अस्विकार गर्दछु,’ आइतबार डंगोलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

गत सोमबार केन्द्रीय समितिको तदर्थ समिति बनाउँदा डंगोललाई पनि समेटिएको थियो । उनले केन्द्रीय समितिमा नबस्ने र काठमाडौं जिल्ला अध्यक्ष नै रहने बताएका छन् ।