मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले थाईल्यान्डसँग खेल्ने

नेपालले थाईल्यान्डसँग खेल्ने

अपि टाइम्स

काठमाडौं । महिला टीट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ । एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् । एसिया छनोटका लागि क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन् ।

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल,कविता कुँवर,कविता जोशी, पूजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल