मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनसहितका ठाउँमा ठूलो वर्षा, नारायणी नदीले नाघ्यो सतर्कता तह

चितवनसहितका ठाउँमा ठूलो वर्षा, नारायणी नदीले नाघ्यो सतर्कता तह

अपि टाइम्स

काठमाण्डौ । डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुनलगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यस्तै, महाकाली नदीमा जलसतह बढिरहेकाले नदी तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी नारायणी नदीले सतर्कता तह पार गरेको छ । बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने बिस्तारै पानी पर्न कम हुने अनुमान गरिएको छ ।