मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगः चेल्सी र लिभरपुलले अंक बाँडे

प्रिमियर लिगः चेल्सी र लिभरपुलले अंक बाँडे

अपि टाइम्स

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँ सिजनको पहिलो खेलमा दुवै टिम मैदान उत्रिएका थिए, जसमा दुवै क्लबले १–१ गोलको बराबरी खेले ।

मैदान बाहिर मोइसिस काइसेडोका लागि प्रतिस्पर्धा गरिरहेका दुवै क्लबले स्टमफोर्ड ब्रिजमा अंक बाँड्न बाध्य भए ।

मोहमद सलाहाको पासलाई सदुपयोग गर्दै लुईस डियाजले १८ औं मिनेटमा लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । घरेलु टोलीका लागि एक्सेल डिसासीले बराबरी गोल गर्दै लण्डन क्लबलाई खेलमा फर्काएका थिए ।

प्रशिक्षक मौरिसियो पोचिटिनोले चेल्सीका लागि पहिलो खेल खेलाएका थिए । जुन खेल बराबरीको नतिजाबाट सकिएको छ । घरेलु टोलीलाई निराश पार्ने क्रममा लिभरपुल गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे । उनले वेन चिलवेल र निकोलस ज्याकसनको उत्कृष्ट प्रहारलाई बचाउ गरे ।

लिभरपुलका मोहमद सलाहाको गोल अफसाइड रहनुपनि एनफिल्ड क्लबका लागि दुखद रह्यो । दुवै क्लबले अंक तालिकामा समान १ अंक जोडेका छन् ।

अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । चार वटै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

फरवार्ड ह्यारी केन बायर्न म्युनिख लागेपछि टोटेनहम इङ्लिस फरवार्ड बिना पहिलो पटक मैदान उत्रिएको थियो ।