मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

मेडिकल काउन्सिलको गलत सूचनाले पक्राउ परेका थिए सक्कली डाक्टर

अपि टाइम्स

काठमाडौं । मेडिकल काउन्सिलको गलत सूचनाले नक्कली डाक्टरको अपरेशनमा सक्कली डाक्टर पक्राउ परेको पुष्टि भएको छ ।

मेडिकल काउन्सिलले गलत सूचना दिँदा नक्कली डाक्टरको ठाउँमा सक्कली डाक्टर पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन् । ‘हामीले काउन्सिलले दिएको सूचनाका आधारमा पक्राउ परेका हौं तर, उनीहरूले गलत मान्छेको सूचना दिएका रहेछन्,’ एआईजी बज्रचार्यले भनिन् ।

काउन्सिलले यथार्थ बाहिर आएपछि २८ गते सीआईबीलाई पत्र लेखेर ‘भूलबस’ भनेर जवाफ पठाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले नक्कली डाक्टरको अपरेशनमा महात्तरी पिपरा–८का ३२ रञ्जित कुमार यादवलाई असार २५ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो । करिब ४ दिन हिरासतमा बसेपछि आइतवार उनी सक्कली डाक्टर भएको पुष्टि भएको थियो ।