मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाइटेक प्याथ ल्याबमा एनएमबी बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

हाइटेक प्याथ ल्याबमा एनएमबी बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

अपि टाइम्स

कपिलवस्तु । एनएमबि बैंकका ग्राहक र कर्मचारीले कपिलवस्तुको जितपुरमा रहेको हाइटेक प्याथ ल्याबमा स्वास्थ परिक्षण गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकले हाइटेक प्याथ ल्याबले प्रदान गर्ने स्वास्थ परिक्षणका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने गरि सम्झौता गरेपछि ग्राहक र कर्मचारीले त्यो सुविधा पाउने भएका हुन् ।

सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमूख सम्भू प्रसाद पराजुली र हाइटेक प्याथ ल्याबको तर्फ देखि ल्याबका प्रबन्ध निर्देशक बेदूराम पोख्रेलले हस्ताक्षर गरेका छन् ।

ल्याबमा आधुनिक प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न खाले रोगको परिक्षण गर्ने गरिन्छ। सम्झौता अनुसार बैंकका ग्राहकले ल्याबमा उपलब्ध सेवासुविधा विभिन्न प्रकारका परिक्षण शुल्कमा २० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

एनएमबि बैंकका ग्राहकले डिजिटल च्यानल मार्फत अस्पतालको बिल रकम भुक्तानी गर्दा उक्त छुट रकम प्राप्त गर्ने छन् ।