मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखले संसद् हाइज्याक गरेः रवि लामिछाने

सभामुखले संसद् हाइज्याक गरेः रवि लामिछाने

अपि टाइम्स

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् हाइज्याक भएको बताएका छन् ।

सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर हाइज्याक गरेको आरोप लगाएका हुन् । उनले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गरे ।

सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै सभापति लामिछानेले कसका लागि लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गरे । उनले सभामुखमाथि शङ्काको घेरा देखिएको पनि बताए ।

सभापति लामिछानेले आफू आजको संसद् बैठकमा विशेष कुरा बोल्ने महत्त्वपूर्ण तयारी साथ आएको भए पनि बोल्न नपाएको गुनासो गरे । उनले योजनाबद्ध रूपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरू प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताए ।