मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा मनसुनजन्य विपद्ः एकै दिन कम्तीमा २४ जनाको ज्यान गयो

भारतमा मनसुनजन्य विपद्ः एकै दिन कम्तीमा २४ जनाको ज्यान गयो

अपि टाइम्स

एजेन्सी । भारतमा मनसुनजन्य विपद्का कारण एकै दिन कम्तीमा २४ जनाको ज्यान गएको छ । विपद्का कारण कैयौँ मानिस हराइरहेका छन् ।

ज्यान गुमाउनेमध्ये नौ जनाको मन्दिर भत्किँदा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । मन्दिर भत्किएको घटनामा थुप्रै मानिस हराइरहेका छन् । सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मज्यान गएको बताउनुभएको छ ।

केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् । उत्तराखण्ड राज्यमा पनि पहिरो जाँदा मानिसहरू पुरिएको आशङ्कामा उद्धार टोलीहरू भग्नावशेष हटाउन खटिरहेका छन् । उत्तराखण्डमा हिजो र आज गरी कम्तीमा आठ जनाको ज्यान गएको छ ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौँको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।