मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पादकीयः समिक्षा नबनून् सिम्रन

सम्पादकीयः समिक्षा नबनून् सिम्रन

अपि टाइम्स

काठमाडौँ । सामाजिक संजालबाट एकाएक चर्चामा आएकी बालगायिका हुन् बाग्लुङकी सिम्रन परियार । एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनको चर्चा चुलिएको हो । उनलाई युटवर भोजराज थापाले चर्चामा ल्याएका हुन् । कक्षा १२ मा पढ्दै गरेकीे उनलाई अहिले गीत गाउन भ्याई नभ्याई छ ।

काठमाण्डौँ आएपछि उनले ५ दिनमा ९ वटा गीत गाउन भ्याइन् । गीतकार एवं संगीतकार सुनिल बिसीले यसअघि प्रमोद खरेलको स्वरमा आएको आफ्नो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । त्यसपछि त उनको चर्चा झन् चुलिएको छ । अहिले सिम्रनलाई अन्य थुप्रैले रेकर्डिङको प्रस्ताव गरिरहेका छन् । रेकर्डिङका लागि मात्र होइन, लाइभ दोहोरीका लागि समेत उनलाई प्रस्ताव आइरहेको छ ।

सिम्रन सांगितिक फिल्डमा आउनु नराम्रो पक्कै होइन । तर उनको आगमनको शैली र पाएको चर्चाले कतै उनी भविष्यमा गुमनाम हुने त होइनन् ? अथवा भनौँ उनी पनि गायिका समिक्षा अधिकारीजस्तै पीडामा पर्ने त होइनन् भर्खरै यी प्रश्न ठडिएका छन् ।
नेपाली संगितको आकाशमा सिम्रनको चर्चासंगै यहि विषय पनि शंकाको घेरामा छ । संगित क्षेत्रका कतिपय जानकारले संगित नबुझिकनै सिम्रनको जुन पदार्पण भएको छ यसलाई राम्रो मानेका छैनन् भने कतिपयले सिम्रनको सुरक्षाको विषयलाई चिन्ता जाहेर गरिरहेका छन् ।

कुनै समय ‘तरकारीवाली’ भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ अहिले गुमनाम छिन् । बाल प्रतिभा गुल्मीका सचिव परियार, प्रेम परियार, बखत विष्ट, झक्कड थापा, नरेश पातली, मुना मगर, भेलु बाजेहरू पनि कुनै बेला यस्तै चर्चाको शिखरमा पुगेका थिए तर आज ती गुमनाम छन् । धादिङकी बालगायिका कमला घिमिरे पनि कुनै समय चर्चामा आएर बीचमा उनी ठुलो तनावमा थिइन् ।
यी उदाहरणबाट भन्न सकिन्छ कि सम्रन नेपाली संगितको दुनियामा अब कसरी स्थापित हुन्छिन् ? या समिक्षाजस्तै प्रयोग हुन्छिन् । यो पनि चर्चाको विषय बनेको छ ।

कुनै समय बाल प्रतिभाको रुपमा नेपाली संगितमा जमेकी पोखराकी समिक्षा अधिकारी चर्चाकै बिच ठुलो समस्यामा परिन् । दिनमा ७ ८ वटा गीतहरु रेकर्ड भइरहेको बेलामा उनी यौन शोषणमा परिन् । उनको दुई बर्षलाई हेर्ने हो भने कहाली लागेर आउँछ । संगित कलासंगै समिक्षाको जवानीमा यहाँ कला क्षेत्रकै ठुलै मान्छे जमे । उनलाई प्रयोग गरे । उनको कलिलो मानसिकतामाथि अपराध गरे । त्यसै कारण १८ बर्ष नपुग्दै उनी ठुलो डिप्रेसनमा परिन् । आत्महत्याको बाटो रोजी उनी जेनतेन अहिले उठ्न प्रयास गरिरहेकी छन् ।

समिक्षा मात्रै होइन नेपाली कला र मनोरञ्जनको क्षेत्रमा धेरै यस्ता प्रतिभामाथि त्यहि क्षेत्रकै ब्यक्तिको गिद्धे नजर पर्ने गरेको छ । एक्कासी चर्चाको शिखरमा आएका यस्ता धेरै प्रतिभा शारीरिक शोषणमा पर्ने गरेका तितो यथार्थ जिवित छ ।

नेपाली संगित क्षेत्रमा यस्ता पापी र काला सर्पहरुको विगविगी छ उनीहरुलाई अवसर दिने नाममा कलिला योनीहरु किन्न भ्याइहाल्छन् । कलामा भन्दा तिनीहरु भर्जिन जवानी देखेर आकर्षित हुन्छन् । यो सत्य बिभिन्न समयमा आएका समाचारले प्रमाणित गरिरहेको छ ।

त्यसैले समयसमयमा यस्ता समाचारले मिडिया रंगिन्छन् । यहाँ सिम्रनको कला र गला उजागरणको नाममा त्यहि गतिमा फसाउने त होइनन् त्यो डर पनि उनको चर्चासंगै आइसकेको छ सिम्रनको खोसाखोस कतै योनीसंग जोडिएर भएको त होइन प्रश्न गर्नु पर्ने प्रशस्त ठाउँ नेपाली कला क्षेत्रले छोडेको छ ।

युटुभर भोजराज थापाले सिम्रनको प्रतिभालाई उजागरण गरेर त राम्रो गरे तर उनी आफ्नो ब्यवसाय फस्ट्याउन यो गरे या उनको भविष्य पनि राम्रो बनाउने उद्देश्य या अरु पछि नै थाहा होला । चिन्ता यत्ति हो । सिम्रनको कला र गलासंगै उनको भविष्य पनि बनोस् । उनी अहिले ह्वात्तै चर्चामा पुगेर फेरि तरकारीवाली कसुम जस्तो बन्न नपरोस् । उनको अध्ययन नबिग्रोस् । संगितमा अवसर दिने नाममा उनीमाथि कोही कसैबट यौन शोषण नहोओस् ।

त्यसैले सिम्रनको भविष्यको विषयमा अब उनका अभिभावक नै जिम्मेवार हुनुपर्दछ । गायिका समिक्षा अधिकारीको नियति बुझेर उनका अभिभावकले सिम्रनका हरेक गतिविधिलाई नियाल्नुपर्दछ । उनी हाजिर हुने ठाउँमा अनिवार्य रुपमा आमाबुबा पनि जानुपर्दछ । सिम्रन सम्भावना बोकेकी कलाकार छिन् । संगितमा सिक्नु पर्ने उनका धेरै ठाउँ छन् । सामाजिक संजालको घमण्डले यदि उनलाई संगित सिक्ने कुरामा रोक गर्यो र आबाबुबाको निगरानीबाट टाढा भइन् भने उनको भविष्य थप अप्ठ्यारोमा नजाला भन्न सकिन्न ।