मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ

अपि टाइम्स

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो [सीआईबी] ले आज बुधवार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरूलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको प्रहरी नायब महानिरीक्षक कडायतले बताउए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ुब्रेक शुु बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।