मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैनः कृषिमन्त्री

लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैनः कृषिमन्त्री

अपि टाइम्स

काठमाडौँ । सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा। बेदुराम भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिपनि राहत भने दिन सकिने बताएका हुन् ।

क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए ।

‘किसानहरूलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौँ होला । अरु अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसाबले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडि बढाएका छौँ,’ उनले भने, ‘कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ ।’